दैलेख : तत्कालिन द्धन्द्धका समयमा शिक्षक पेशामा रहन नसकि बाध्यात्मक परिस्थितीले शिक्षक जागिर छोडेका दैलेखका १४ जना शिक्षकहरुले २१ बर्षपछि नियुक्ति बुझेका छन् । शिक्षक नियुक्ति बुझ्नेहरुमा संविधान सभा सदस्य भरत कुमारी रेग्मी लगायत माओवादीका केन्द्रीय तहका नेताहरु रहेका छन् । द्धन्द्धका कारण जागिर छोडेर कतिपय शिक्षकहरु तत्कालिन माओवादीमै भूमिगत हुनुपर्ने बाध्यतामा परेका थिए भने कतिपय विस्थापित हुनुपरेको थियो । शान्ति स्थापना सँगै समस्या समाधानका लागि धेरै प्रयासहरु गरेका शिक्षकहरुको माग २१ बर्षपछि सम्बोधन भएको हो । देशभरका द्धन्द्धपीडित शिक्षकहरुले बारम्बार नेपाल सरकार सँग जागिर पुर्नबाहलीको माग गर्दै आएका थिए । ६ महिना अघि मन्त्री परिषदले निर्णय गरेसँगै जागिर पुर्नबाहलीको प्रक्रिया सुरु भएको थियो । दैलेखमा कर्ण बस्नेत, महेन्द्र शर्मा, लछीराम ढकाल, लालबहादुर वि.सी., गणेश सलामी, एकेन्द्र पन्त, प्रेम न्यौपाने दाहाल लगायतका शिक्षकहरुले शिक्षा तथा समन्वय इकाई दैलेखबाट नियुक्ति बुझेर कार्यरत स्थानमा पढाई सुरु गरिसकेका छन् ।












